स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं । सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने भएको छ । इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरिएको हो ।
योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लँगि अपोइन्टमेन्ट बुकिङ्ग तथा भुक्तानी ईसेवा मोबाइल एप्लिकेशन मार्फत गर्न सकिने छ ।
इसेवा मोबाइल वालेट भित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरि आफूलाई सहज हुने मिति र समय छनोट गरि डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रmपमा तत्काल भुक्तानी गर्न सकिने छ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरु चुस्त बनाउने र बिरामीहरुको सन्तुष्टी बढाउने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।
कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढिरहेको छ ।
कोजेन्ट हेल्थ र ई–सेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब जस्ता प्रविधिहरु नेपालका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।
















फेरि ढल्दै मधेस सरकार, जनमत सरकारबाट बाहिरिँदै
युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
बिपी राजमार्ग सोमबार साँझदेखि आवागमन बन्द
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया