स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं । सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने भएको छ । इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरिएको हो ।
योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लँगि अपोइन्टमेन्ट बुकिङ्ग तथा भुक्तानी ईसेवा मोबाइल एप्लिकेशन मार्फत गर्न सकिने छ ।
इसेवा मोबाइल वालेट भित्र हेल्थ सेक्सनमा गइ स्टार अस्पताल छनोट गरि आफूलाई सहज हुने मिति र समय छनोट गरि डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रmपमा तत्काल भुक्तानी गर्न सकिने छ ।
अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरु चुस्त बनाउने र बिरामीहरुको सन्तुष्टी बढाउने अपेक्षा गरिएको अस्पतालले जनाएको छ ।
कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढिरहेको छ ।
कोजेन्ट हेल्थ र ई–सेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब जस्ता प्रविधिहरु नेपालका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया