कोरियोग्राफर अश्विनीलाई ‘दक्ष कला सम्मान’

काठमाडौं । नेपाली सौन्दर्य प्रतियोगिता एवं फेसन कोरियोग्राफीमा छुट्टै पहिचान बनाएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा कोरियोग्राफर झालाई दक्ष कला सम्मान विधाले सम्मानित गरिएको हो ।
समारोहका प्रमुख अतिथि पूर्वमन्त्री राजकिशोर यादव, नेपाली चलचित्रका नायक भुवन केसी र आयोजक संस्थाका तर्फवाट संस्थाका प्रमुख टेकराज पाण्डेले संयुक्त रूपमा दोसल्ला तथा सम्मानपत्रले झालाई सम्मानित गरेका हुन् ।
कोरियोग्राफर अश्विनीले नेपाली सौन्दर्य प्रतियोगिता तथा फेशन कोरियोगाफी मार्फत नेपाली समाजमा रहेका प्रतिभाहरुलाई विभिन्न प्रतियोगितामा आफ्नो प्रशिक्षणले यस क्षेत्रमा कुशल तथा अव्बल नागरिक उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन सफल भएका छन् ।
नेपाली सौन्दर्य प्रतियोगिता लगायत फेशन विधामा स्थापित झा डेढ दशकदेखि क्रियाशिल भई पुर्याएको योगदानको कदर स्वरूप दक्ष इन्टरनेसनलले सम्मानित गर्न पाउँदा निकै खुशी लागेको आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले बताए ।
नेपाली कला क्षेत्रमा कोरियोग्रफिका माध्यमले पुर्याएको योगदनलाई कदर गर्दै युवा मन्त्रालयबाट प्रदान गरिने ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’ बाट सम्मानित कोरियोग्राफर अश्विनीले यसअघि पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।
सम्मान ग्रहण गर्दै कोरियोग्राफर झाले नेपाली कला संस्कृतिलाई अझ उचाईमा पुर्याउन निरन्तर क्रियाशिल रहि सौन्दर्य प्रतियोगिता तथा फेशन क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकासमा आफ्नो योगदान रहने बताए ।
उक्त कार्यक्रममा कोरियोग्राफर अश्विनी कान्त झा लगायत हाँस्य अभिनेता प्रेम पाण्डे, अभिनेता उत्तम केसी, चलचित्र निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस्ट गीता पौडेल, ब्युटिसियन रचना शाक्य र रेनु शाक्य रानालाई पनि सम्मानित गरिएको थियो ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया