युक्रेनमा रुसी सेनाको आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु
मेरोन्यूज
२०७८ फागुन १७ गते १६:०४

काठमाडौं । युक्रेनको दोस्रो ठूलो सर खारकिभमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । रुसी फौजले गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन् ।
बागचीले मंगलबार ट्विट गर्दै खारखिभमा रुसी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएको र उनको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।
खारकिभमा आफ्ना नागरिकको मृत्यु भएलगत्तै भारत सरकारले आफ्ना सम्पूर्ण नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । भारतले जुनसुकै माध्यमबाट भए पनि युक्रेन छाड्न निर्देशन जारी गरेको छ ।
भारतको यो निर्देशनले युक्रेनमा भीषण युद्ध हुने संकेत गरेको छ । रुसी सेनाको बख्तरबन्द गाडी ६४ किलोमिटरसम्म लाम लागेर युक्रेनको राजधानी किभतर्फ अघि बढिरहेको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया