देउवा र अमेरिकी विदेशमन्त्रीवीच टेलिफोन वार्ता : एमसीसी पारित गरेकोमा खुशी ब्यक्त
एमसीसी र रुसले युक्रेनमा गरेको सैन्य आक्रमणका विषयमा छलफल केन्द्रीत

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता नेपालमा चर्काे विवादमा परेर संसदबाट पारित भएपछि प्रधानमन्त्री शेरवहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनवीच टेलिफोन वार्ता भएको छ ।
नेपालले फागुन १५ मा संसदबाट एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित अनुमोदन गरेको हो । त्यसको दुई दिन पछि हिजो मंगलबार राती अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री देउवाबीच टेलिफोन कुराकानी भएको हो ।
ब्लिनकनले देउवासँगको टेलिफोन वार्ता पुष्टि गरेका छन् । उनले आफनो सामाजिक सन्जाल टुइटरमा टेलिफोन वार्ता बारे जानकारी गराएका छन् ।
नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री ब्लिन्कनले संकेत गरेका छन्। ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे नजिक रहेर निरन्तर काम गर्नेछौं’, विदेशमन्त्री ब्लिन्कनले ट्विट गरेका छन्।
एमसीसी सम्झौता सदनबाट पारित गराएकोमा अमेरिकी मन्त्रीले प्रधानमन्त्री देउवालाई धन्यवाद समेत दिएका थिए । एमसीसी सम्झौता पारित गर्न देउवाले देखाएको अग्रसरताको पनि विदेशमन्त्रीले प्रशंसा गरेको बालुवाटार स्रँेतले जनाएको छ । तर प्रधानमन्त्रीको सचिवालयले भने यस विषयको औपचारिक रुपमा कुनै टिप्पणी गरिसकेको छैन ।
त्यस्तै उनीहरुवीच रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको ब्लिनकनले ट्वीटमा जनाएका छन् ।














राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
पाटेबाघको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
प्रतिक्रिया