देउवा र अमेरिकी विदेशमन्त्रीवीच टेलिफोन वार्ता : एमसीसी पारित गरेकोमा खुशी ब्यक्त
एमसीसी र रुसले युक्रेनमा गरेको सैन्य आक्रमणका विषयमा छलफल केन्द्रीत

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता नेपालमा चर्काे विवादमा परेर संसदबाट पारित भएपछि प्रधानमन्त्री शेरवहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनवीच टेलिफोन वार्ता भएको छ ।
नेपालले फागुन १५ मा संसदबाट एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित अनुमोदन गरेको हो । त्यसको दुई दिन पछि हिजो मंगलबार राती अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कन र प्रधानमन्त्री देउवाबीच टेलिफोन कुराकानी भएको हो ।
ब्लिनकनले देउवासँगको टेलिफोन वार्ता पुष्टि गरेका छन् । उनले आफनो सामाजिक सन्जाल टुइटरमा टेलिफोन वार्ता बारे जानकारी गराएका छन् ।
नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री ब्लिन्कनले संकेत गरेका छन्। ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीबारे नजिक रहेर निरन्तर काम गर्नेछौं’, विदेशमन्त्री ब्लिन्कनले ट्विट गरेका छन्।
एमसीसी सम्झौता सदनबाट पारित गराएकोमा अमेरिकी मन्त्रीले प्रधानमन्त्री देउवालाई धन्यवाद समेत दिएका थिए । एमसीसी सम्झौता पारित गर्न देउवाले देखाएको अग्रसरताको पनि विदेशमन्त्रीले प्रशंसा गरेको बालुवाटार स्रँेतले जनाएको छ । तर प्रधानमन्त्रीको सचिवालयले भने यस विषयको औपचारिक रुपमा कुनै टिप्पणी गरिसकेको छैन ।
त्यस्तै उनीहरुवीच रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको ब्लिनकनले ट्वीटमा जनाएका छन् ।

















ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको दिव्य दर्शन समावेश
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न
जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया