चीनले जस्तै एमसीसीको व्याख्यात्मक घोषणालाई नोट गर्यो अमेरिकाले

काठमाडौं । नेपालमा कार्यान्वयनमा आउन लागेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी सम्झौताको ब्याख्यात्मक घोषणासहित अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनियो ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले नेपालको संसदले चार वर्ष अगाडी सम्झौता भएको एमसीसी अनुमोदनका क्रममा नेपालको संसदले सम्झौतसँगै गरेको ब्याख्यात्मक घोषणाबारे नोट गरेको हो ।
टेलिफोन वार्तामा विदेशमन्त्री ब्लिन्केनले एमसीसीसँग नेपालको अघि बढ्ने निर्णयले नेपालमा रोजगारी, पूर्वाधार र नेपाली जनताको जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले नेपाल र अमेरिकबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको स्मरण गरेका थिए । दुई देशका नेताबीच युक्रेन संकटलगायतका विषयमा छलफल भएको थियो । विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले अकारण, अनुचित र नियोजित हमला गरेको बताएका थिए ।
अमेरिकाले जस्तै, चीनले पनि नेपालको संसद्बाट आइतबार अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी०सम्झौता पारित भएपछि व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको थियो। सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताएका थिए ।
अमेरिकी विदेश मन्त्रालयबाट जारी वक्तब्य
















रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
प्रतिक्रिया