बिहीबार, माघ १, २०८२

भीम रावलले भने – संसदमा एमसीसी छलफलमा सहभागी हुननदिनु आत्मकेन्द्रित

मेरोन्यूज २०७८ फागुन १८ गते ११:२१

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद भीम वहादुर रावलले एमसीसीबारे संसदमा छलफल हुन नदिने पार्टी नीति आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत भएको बताएका छन् । एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएका सांसद रावललाई सोमबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासनहिन काम गरेको बताएका थिए ।

त्यसपछि रावलले पनि अहिले सामाजिक सन्जालमार्फत संसदमा छलफलमा सहभागी हुननदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत भएको बताएका हुन् ।

रावलले सामाजिक सन्जाल ट्वीटरमार्फत भनेका छन्,- एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसीसंगको सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गर्दछ । संसदमा छलफलमा सहभागी हुननदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत हो । म पार्टी सिद्धान्त अनुरुप उभिएको छु।

पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीको छलफलमा सहभागी रावलबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा ओलीले रावलबारे भनेका थिए, – भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद् सदस्य हो । तर उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहिन क्रियाकलाप गर्नुभएको छ । त्यस सम्बन्धमा पार्टीको ध्यान गएको छ।

संसदमा एमसीसी अनुमोदनका क्रममा केही टिप्पणी नगरेको प्रतिपक्षी एमालेले सदनमा घोषणा गरिएको ब्याख्यात्मक घोषणालाई अर्थहीन भन्दै पारित नै भईसकेको सम्झौतामा अव एमालेले राष्ट्रको हित प्रतिकूल नहुने गरी एमसीसी सम्झौता कार्यान्वयन हुनुपर्ने पत्रकार सम्मेलन गरी बताएको थियो ।

प्रतिक्रिया