बिहीबार, माघ १, २०८२

भीम रावलको ओलीलाई चुनौति : ‘महाहिरो’ बन्नुस्

मेरोन्यूज २०७८ फागुन १८ गते १२:०३

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद भीम वहादुर रावलले पार्टी अध्यक्ष केपी ओलीलाई महाहिरो बन्न चुनौति दिएका छन् । एमसीसीबारे संसदमा छलफल हुन नदिने पार्टी नीति आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत भएको बताएका रावलले ओलीलाई राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ भन्दै चुनौति दिएका हुन् ।

आफनो लागि देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया रावलले सामाजिक सन्जालमार्फत भनेका छन् ।

एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएका सांसद रावललाई सोमबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासनहिन काम गरेको बताएका थिए ।

त्यसपछि रावलले पनि अहिले सामाजिक सन्जालमार्फत संसदमा छलफलमा सहभागी हुननदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त, र नीति विपरीत भएको बताएका हुन् ।

पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीको छलफलमा सहभागी रावलबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा ओलीले भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद् सदस्य हो । तर उहाँले हिरो वन्न मन लागेर आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहिन क्रियाकलाप गर्नुभएको छ । त्यस सम्बन्धमा पार्टीको ध्यान गएको बताएका थिए ।

ओलीले रावललाई पार्टी सल्लाहकार परिषद्को सदस्य भएको बताएपनि रावलले त्यसलाई पनि अस्वीकार गरी त्यस्तो कुप्रचारको कुनै औचित्य नरहेको बताएका छन् ।

प्रतिक्रिया