बाँकेमा विभिन्न हातहतियार सहित ३ जना पक्राउ
मेरोन्यूज
२०७८ फागुन १८ गते १४:०४

बाँके/ प्रहरीले डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट विभिन्न हातहतियार सहित तीन जनालाई फत्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो बस्ने २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका–३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय रहेका छन्।
उनीहरुको साथबाट मेड इन यूएसए लेखेको एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, ९ राउण्ड गोली, एक थान खुडा र दुई थान नोक बरामद गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीलाई जाँच गर्दा हातहतियार सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
प्रतिक्रिया