आइतबार, वैशाख २७, २०८३

जसपाको विधान महाधिवेशन असारमा

मेरोन्यूज २०७८ फागुन १८ गते १४:३०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको विधान महाधिवेशनको मिति तय गरेको छ । आउँदो असारमा पार्टीको विधान महाधिवेशन गर्ने निर्णय जसपाले लिएको छ ।

Advertisement
NiccNicc

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले वक्तब्य मार्फत जानकारी दिएका छन् ।

बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्नेसमेत निर्णय गरेको छ। जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव छन्।

साथै जसपाले फागुन २९ र ३० गते केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ।

प्रतिक्रिया