शहीद स्मारक ‘बी’ डिभिजन : भगवती क्लबको जित

काठमाडौं । राजधानीमा आजदेखि सुरुआत भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा आज भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै श्री भगवती क्लबले सुखद सुरुआत गरेको हो । भगवतीको जितमा अनिल गुरुङ, रमेश राई र मिलन खड्काले एक एक गोल गरे ।
यता झम्सिखेलका लागि भने मनकुमार राईले एक गोल फर्काए । खेलको २४औँ मिनेटमा अनिलले गोल गर्दै भगवतीलाई पहिलो अग्रता दिलाए । खेलको ३८औँ मिनेटमा झम्सिखेलका मनकुमारले गोल गर्दै खेलाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५१औँ मिनेटमा रमेशले गोल गर्दै भगवतीलाई २–१ को स्थितिमा ल्याए । खेलको ६३औँ मिनेटमा मिलनले गोल गर्दै भगवतीलाई ३–१ को जित दिलाए । यस जितसँगै भगवतीले तीन अङक जोडेको छ ।
यता झम्सिखेलले भने हारबाट लिगको सुरुआत गरेको छ । लिगमा १४ क्लबले सिङगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा शीर्ष दुईभित्र पर्ने टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । त्यस्तै अन्तिम स्थानमा रहने दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।
















यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया