थप आक्रमक बन्दै रुसी सेना

एजेन्सी–युद्ध चर्किरहेका बेला युक्रेनी सहरहरुमा थप क्षति भएका विवरणहरु सार्वजनिक भएका छन् । युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा रुसी सेनाले गरेको हमलामा कम्तिमा २१ जनाको मृत्यु भएको छ । हमलामा ११२ जना घाइते भएको सो सहरका मेयरले जनाएका छन् ।
खारकिभमा थप क्षेप्यास्त्र हमला भएका विवरणहरु सार्वजनिक भएका छन् । क्षेप्यास्त्र हमलामा सहरको क्षेत्रीय प्रहरी विभाग र काराजिन युनिभर्सिटीको भवनमा ठूलो क्षति पुगेको छ ।
पूर्वी युक्रेनी सहरलाई घेरा हाल्ने प्रयासस्वरुप रुसी प्याराट्रुप्स खारकिभमा झरेको हुन सक्ने युक्रेनको सेनाले जनाएको छ । रुसी फौजले दक्षिणी युक्रेनमा ठोस उपलब्धी हाँसिल गरेको दाबी गरेको छ ।
दक्षिणी सहर खेरसनलाई नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
टेलिभिजन टावरमा दुई ओटा रुसी मिसाईल प्रहार हुँदा टेलिभिजन प्रसारण र समाचार पहुँच अवरोध भएको छ । मिसाइल प्रहारमा पाँच जनाएको मृत्यु र थप पाँच जना घाइते भएका छन् ।
















इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया