शुक्रबार, माघ २, २०८२

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

मेरोन्यूज २०७८ फागुन १९ गते ६:२३

काठमाडौं । सरकारले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार ।
१६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय भएको हो । सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार बनाउने गरेका छन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ(, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

प्रतिक्रिया