गर्भावस्थाका नौ महिना, कसरी गर्ने हेरचाह ‘दिलमाया शाही’

जुम्ला,
गर्भावस्था एक संवेदनशील अवस्था हो । यतिबेला गर्भवतीले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।शारीरिक मात्र होइन मानसिक स्वास्थ्यको समेत विशेष ख्याल गर्नु पर्छ भन्दै तिला गाउँपालिकाकाले गर्भवती महिलासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । गर्भ रहेपछिको अवस्थादेखि नै उचित खानपान जीवनशैली र सोच चिन्तन आवश्यक हुने भन्दै गर्भवती महिलासँग उपाअध्यक्ष कार्यक्रममार्फत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
यो अवस्थामा यतिबेला गर्भवतीले मात्र होइन उनका श्रीमान र परिवारले नै राम्रो वातावरण तय गरिदिनु पर्ने भन्दै गर्भवती र उनीहरूका श्रीमानसँग अन्तरक्रिया गरिएको तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ यौगीले बताए । उनले भने, ‘कुन अवस्थामा गर्भवतीले कस्तो सावधानी अपनाउने के गर्ने रु के नगर्ने’जस्ता कुराको बारेमा जानकरी दिनका लागि पालिकाले धेरै महिलामुखी कार्याक्रम ल्याएको बताए । उनले भने, “गर्भावस्थामा आमाले ध्यान नदिएका कारण धेरै बालबालिकामा कुपोषण देखिने भएकाले कुपोषणमुक्त गाउँपालिका बनाउनका लागि यस्ता खालका कार्यक्रम लागु गरिएको हो ।”
त्यस्तै तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले भनिन् , गर्भावस्थामा कुनै पनि भार उठाउन हुँदैन । ताजा र पौष्टिक खानेकुरा सेवन गरौँ । जसका कारण बच्चालाई पूर्ण रुपमा पोषण मिलोस् । स्थानीय स्तरमा उत्पादित सागपात दुध, माछामासु गेडागुडी जस्ता झोलिलो पदार्थ सामेल गरौँ । हामीले पहिलो चरणमा पोषिलो खानेकुरा वितरण गरेका थियौँ । तर, सरकारले सधैँभरि दिएर हुँदैन । महिला आफैँ सचेत हुनुपर्छ ।
स्वास्थ्यकर्मी नेत्रबहादुर खत्रीले दिनमा कम्तीमा ६्\७ गिलास पानी पिउनुपर्ने बताए । गर्भावस्थाको समयमा मदिरा ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा रहन नहुने बताएका उनले चिकित्सकको सल्लाहविना औषधि सेवन नगर्ने, खानेकुरामा प्रोटिन क्याल्सियम कार्बोहाइड्रेट, ताजा फल खानु पर्ने बताए ।
आमाले खानपानमा ध्यान दिएको खण्डमा बच्चाको स्वच्छ हुने उनको भनाइ छ । स्वास्थ्यकर्मी खत्रीले गर्भाधारणका लागि महिलाको उमेर २१ वर्ष नाघेपछि राम्रो हुने बताउँछन् ।
















दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया