‘युद्ध क्षणिक हुन्छ, तर जीवन वर्षौंसम्म रुन्छ’ (फोटोफिचर)

काठमाडौँ । ‘युद्ध क्षणिक हुन्छ, तर जीवन वर्षौंसम्म रुन्छ’, यो शब्दले पछिल्ला दिनहरूमा रुस र युक्रेनबीच भएको युद्धलाई सम्बोधन गरेको छ । मानिसकै कारण उत्पन्न हुने युद्ध क्षणिक भए पनि वर्षौ वर्षसम्म जीवन रोइरहेको हुन्छ ।
मानव इतिहासमा यसअघि भएका सबै युद्धहरूको तस्बिर कहिले भुल्ने छैन । यसैबीच थपिएको छ, रुस र युक्रेनबीचको युद्धसँगै कारुणिक तस्बिरहरू । रूसी सेनाका बन्दुकले लगातार विपक्षी युक्रेनी सेनामाथि हमला गरिरहेको छ । बम वर्षक विमानले राजधानी सहरमाथि बमको वर्षा गरिरहेका छन् ।

सेनाको बख्तरबन्द गाडी मानिससहितको कारमाथि कुदेका दृष्यले जो कसैको मन अमिलो बनाएको छ । जताततै विनाशको दृश्य मात्रै देखिएका छन् । जहाँ तही आगो र धुँवाको मुस्लो फैलिएको छ ।
युद्धका कारण उत्पन्न भएको मृत्यु र जीवनको भयका बीचमा नयाँ जीवन सुरुवात भइरहेको छ । युक्रेनका अस्पतालहरूको जमिन मुनी बनाइएका संरचनामा नवजात शिशुको आवाज गुञ्जिरहेको छ ।
युक्रेनले मारियुपोल सहरको प्रसूति अस्पताल जमिन मुनी बम सेल्टरलाई अस्थायी प्रसूति वार्डमा परिणत गरिएको छ । यस्तै, दृश्य खार्किवमा पनि देखिएका छन् । जहाँ बम सेल्टरलाई प्रसूति वार्ड बनाइएको छ ।

युक्रेनको विदेश मन्त्रालयका अनुसार दुई देशबीचको युद्ध सुरु भएदेखि हालसम्म सयौँ बच्चा जन्मिएका छन् । युद्धको मरुभूमिमा जन्मिएका नयाँ युक्रेनी सदस्यलाई अभिभावकले स्वागत गरिरहेका छन् । एजेन्सीको सहयोगमा





















संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
कोशी प्रदेशसभा बैठकः प्रदेश अनुसन्धान तथा प्रतिष्ठान ऐनसम्बन्धी संशोधन विधेयक पेस
रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया