बुधबार, माघ ७, २०८२

‘युद्ध क्षणिक हुन्छ, तर जीवन वर्षौंसम्म रुन्छ’ (फोटोफिचर)

मेरोन्यूज २०७८ फागुन २० गते ११:२०

काठमाडौँ । ‘युद्ध क्षणिक हुन्छ, तर जीवन वर्षौंसम्म रुन्छ’, यो शब्दले पछिल्ला दिनहरूमा रुस र युक्रेनबीच भएको युद्धलाई सम्बोधन गरेको छ । मानिसकै कारण उत्पन्न हुने युद्ध क्षणिक भए पनि वर्षौ वर्षसम्म जीवन रोइरहेको हुन्छ ।

मानव इतिहासमा यसअघि भएका सबै युद्धहरूको तस्बिर कहिले भुल्ने छैन । यसैबीच थपिएको छ, रुस र युक्रेनबीचको युद्धसँगै कारुणिक तस्बिरहरू । रूसी सेनाका बन्दुकले लगातार विपक्षी युक्रेनी सेनामाथि हमला गरिरहेको छ । बम वर्षक विमानले राजधानी सहरमाथि बमको वर्षा गरिरहेका छन् ।

सेनाको बख्तरबन्द गाडी मानिससहितको कारमाथि कुदेका दृष्यले जो कसैको मन अमिलो बनाएको छ । जताततै विनाशको दृश्य मात्रै देखिएका छन् । जहाँ तही आगो र धुँवाको मुस्लो फैलिएको छ ।

युद्धका कारण उत्पन्न भएको मृत्यु र जीवनको भयका बीचमा नयाँ जीवन सुरुवात भइरहेको छ । युक्रेनका अस्पतालहरूको जमिन मुनी बनाइएका संरचनामा नवजात शिशुको आवाज गुञ्जिरहेको छ ।

युक्रेनले मारियुपोल सहरको प्रसूति अस्पताल जमिन मुनी बम सेल्टरलाई अस्थायी प्रसूति वार्डमा परिणत गरिएको छ । यस्तै, दृश्य खार्किवमा पनि देखिएका छन् । जहाँ बम सेल्टरलाई प्रसूति वार्ड बनाइएको छ ।

युक्रेनको विदेश मन्त्रालयका अनुसार दुई देशबीचको युद्ध सुरु भएदेखि हालसम्म सयौँ बच्चा जन्मिएका छन् । युद्धको मरुभूमिमा जन्मिएका नयाँ युक्रेनी सदस्यलाई अभिभावकले स्वागत गरिरहेका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया