आइतबार, चैत २९, २०८२

युक्रेनमाथिको हमला योजना अनुसार नै ः रुसी राष्ट्रपति पुटिन

मेरोन्यूज २०७८ फागुन २० गते १६:०९


सिन्ह्वा ः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बिहीबार बताउनुभएको छ। उनले भनेका छन– युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।

Advertisement
nepal life insurencenepal life insurence

रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा ब्यक्त गरका हुन । उनले हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्था्त सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ– उनले भनेका छन । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए ।

उनले भने– रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ ।रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनलेबताए।

रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ । बिहीबार रातिसम्म पनि राजधानी युक्रेन र अन्य कतिपय सहरहरुमा रुसी सेनाले हमला जारी नै राखेको बताइएको छ ।

प्रतिक्रिया