इन्डोनेसियामा आपराधिक समूहद्धारा आठ जनाको हत्या

सिन्ह्वा ः इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ आमनागरिकको मृत्यु भएको छ ।पपुपाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
मारिएकाहरु प्रविधि सम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन । सो कम्पनीको टावरलाई समेत असर पार्नेगरी उनीहरुले आक्रमण गरेको जनाइएको छ ।सरकारी अधिकारीहरुले खराब मौसमका कारण उनीहरुलाई उद्धार गर्न नसकिएको जानकारी दिएका छन् ।
हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घटनास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरु पुग्न कठिन भएको बताइएको छ । “हामीले हाम्रो टोलीलाई त्यता पठाउनका लागि तयारी गरिरहेका छौँ, अनुकुल हुनासाथ हाम्रो टोली घटनास्थलमा पुगेर विस्तृत विवरण लिएर आउने छ र उनीहरुलाई पनि उद्धार गर्नेछ,” एक अधिकारीले भने । आफूहरुले घटनाका बारेमा थप अध्ययन अनुसन्धान पनि गर्ने उनीहरुको भनाई छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया