आइतबार, चैत २९, २०८२

३० रूसी बसहरू भारतीय विद्यार्थी र अन्य विदेशीको लागि तयार

मेरोन्यूज २०७८ फागुन २० गते १६:४१
Indian Prime Minister Narendra Modi (right) welcomes Russian President Vladimir Putin prior to their meeting in New Delhi on Oct. 5, 2018. During the visit, India signed a $5 billion deal to buy Russian S-400 surface-to-air missile systems despite a U.S. law ordering sanctions on any country trading with Russia’s defense and intelligence sectors. YURI KADOBNOV/AFP via Getty Images


अाज १३० ओटा रुसी बसहरु युक्रेनको खार्किभ र सुमीबाट भारतीय विद्यार्थी र अन्य विदेशीहरूलाई रुसको बेल्गोरोड क्षेत्रमा लैजान तयार रहेका रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख कर्नेल जनरल मिखाइल मिजिन्त्सेभले बिहीबार घोषणा गरेका छन।

Advertisement
nepal life insurencenepal life insurence

भारतीय विद्यार्थी र अन्य विदेशी राज्यका नागरिकहरूलाई उद्धार गर्न आज बिहान ६ बजेदेखि बेल्गोरोड क्षेत्रको नेखोतेयेभका र सुड्झा चेकपोस्टबाट कूल १३० वटा आरामदायी बस खार्किभ र सुमी जाने तयारीमा छन्,“ उनले भनेका छन ।
चेक प्वाइन्टमा अस्थायी बसोबास र आरामका लागि ठाउँ पनि तोकिएको बताइएको छ । शरणार्थीहरूलाई तातो खाना उपलब्ध गराइनेछ रुसी समाचार एजेन्सी तासले जनाएको छ । त्यहाँ औषधिको भण्डारसहित मोबाइल क्लिनिकहरू पनि स्थापना गरिएको छ ।

विस्थापितहरुलाई त्यसपछि बेलगोरोड सहरमा पठाइनेछ र त्यसपछि रुसी सैन्य विमानहरू लगायत हवाई मार्गबाट तिनीहरूको मातृभूमि प्रस्थान गर्नका लगाइने छ “ जनरल मिजिन्त्सेभले भनेका छन ।रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि गत फेब्रुअरी २४ देखि सैन्य आक्रमण शुरु भएको घोषणा गरेका थिए। टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए। रुसी सेनाले राजधानी किभलगायत अन्य विभिन्न स्थानमा पनि आक्रमण गरेको पाइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले रुसको सैन्य कारबाहीका कारण युक्रेनबाट अहिले १० लाख मानिस पलायन भएको जनाएको छ ।

प्रतिक्रिया