बुधबार, माघ ७, २०८२

नेविसंघको तदर्थ समितिको नेतृत्व छात्रालाई दिन माग

मेरोन्यूज २०७८ फागुन २० गते १८:४४

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का नेतृहरूले संघको तदर्थ समितिको नेतृत्व छात्रालाई दिन माग गरेका छन् ।

संघको स्थानपना भएको ५० वर्ष बितिसक्दापनि हालसम्म महिलाको नेतृत्व स्थापित हुन नसकेको भन्दै महिला नेतृहरुले पार्टीले गठन हुने तदर्थ समितिको नेतृत्व छात्रालाई दिनुपर्नेमा माग राखेका हुन् ।

शुक्रबार महिला नेतृहरुले पार्टीका पदाधीकारीहरू उपसभापतिद्धय पुर्ण बहादुर खड्का र धनराज गुरुङ, पार्टी प्रवक्ता प्रकाशशरण महत, सहमहामन्त्री बद्री पाण्डे, भिष्मराज आङदाम्बे र जिवन परियारलाई भेटेर महिला नेतृहरुले अब गठन हुने नेबिसंघको तदर्थ समितिको नेतृत्व छात्रालाई दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

संघका छात्राहरू पनि सभापतिको समावेशी कांग्रेस निर्माण गर्ने अभियान सफल पार्न नेविसंघ केन्द्रीय अध्यक्षको जिम्मेवारी बहन गर्न सक्षम रहेको उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

वर्तमान परिप्रेक्षमा कम्तीमा पनि स्नातकोत्तर अध्ययन गरेको, केन्द्रीय समितिमा रही काम गरेको अनुभवी व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउन जोडदार माग गरिएको नेतृ गिता गुरुङले बताईन् ।

उनले भनिन्,‘हामीले पार्टीका पदाधिकारीहरुलाई भेटेर पार्टीले गठन गर्ने तदर्थ समितिको नेतृत्व छात्रालाई दिनुपर्ने मागसहित ज्ञपान पत्र बुझाएको छाैं,’ उनलेभनिन्, ‘ज्ञापनपत्र बुझदै पार्टीका पदाधिकारीज्युहरुले महिला नेतृत्व ल्याउँने विषयमा पार्टी सभापतिज्युसँग छलफल गर्नुहोस्, हामी त महिला नेतृत्व ल्याउँने पक्षमै छौं ।’
संघको १ फागुन २०७६ मा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ६ महिनाभित्र नेविसङ्घको १२ औँ महाधिवेशन सम्पन्न गर्ने गरी राजीव ढुङ्गानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

२०७३ साउनमा सम्पन्न सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले १२ औँ निर्वाचन गर्न नसकेपछि २०७५ माघमा राजीनामा दिएका थिए ।
सङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले समयमा अधिवेशन गर्न नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ ।सङ्घका अध्यक्ष ढुङ्गाना कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीले विद्यालय तथा क्याम्पस बन्द हुँदा अधिवेशनका प्रक्रिया अगाडि बढाउन नसकिएको भन्दै टादै आएका थिए । तर कांग्रेसको १४ आंै महाधिवेशनबाट केन्द्रिय सदस्य बनेपछि पार्टी सभापति कसलाई संघको अध्यक्षमा मनोनित गर्छन भन्ने धेरैमा चासो रहेछ ।

कांग्रेस सभापति शेरबहादरु देउवाले १४ आंै महाधिवेशनपछिको दोस्रो पदाधिकारी बैठकमा कांग्रेसका भातृ संगठनहरुको पुर्णता दिने निर्णय गरेका थिए ।

यस्तो छ हेर्नुहोस् ज्ञापनपत्र

प्रतिक्रिया