गुणस्तरीय काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । तनहुँको भानु नगरपालिका ६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको काम शुक्रबार निरीक्षण गर्दै गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन । केही अप्ठ्यारा भए सहयोग गर्न तयार छु ।’ श्रममन्त्री श्रेष्ठकै पहलमा बागेश्वरी मार्ग कालोपत्र, नाला निर्माण र ग्राभेलको काम अगाडि बढेको छ ।
सडक डिभिजन र सहरी विकास विकास मन्त्रालयमार्फत पाँच करोडको लगानीमा काम भइरहेको र त्यसका लागि सडक डिभिजनबाट दुई करोड र सहरी विकास मन्त्रालयबाट तीन करोड विनियोजन भएको थियो । उक्त मार्गमा ५०० मिटर सडक कालोपत्र, तीन हजार मिटर नाला र चार हजार मिटर सडक ग्राभेल गरिने भएको छ ।
















तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया