आइतबार, माघ ४, २०८२

ढुंगेधाराको तरकारी बजारमा आगलागी, ७० स्टल जल्यो

मेरोन्यूज २०७८ फागुन २२ गते १२:४०

काठमाडौँको वनस्थलीस्थित ढुंगेधारामा रहेको तरकारी बजारमा बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा अहिले नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । काठमाडौँ महानगरपालिका १६ वनस्थली नजिकै रहेको ढुंगेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया