ढुंगेधाराको तरकारी बजारमा आगलागी, ७० स्टल जल्यो
मेरोन्यूज
२०७८ फागुन २२ गते १२:४०
काठमाडौँको वनस्थलीस्थित ढुंगेधारामा रहेको तरकारी बजारमा बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा अहिले नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ । काठमाडौँ महानगरपालिका १६ वनस्थली नजिकै रहेको ढुंगेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफूल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ ।
क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
सम्बन्धित
















युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया