माअोवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको बैठक स्थगित भएको हो ।
बैठकको तयारी नपुगेको भन्दै आज बस्ने भनिएको बैठक स्थगित भएको हो । सुरुमा आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेको लागि बोलाइएको थियो । बैठक भोलि बिहान ११ बजे बस्ने तय भएको एक नेताले जानकारी दिएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । यस क्रममा अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउन पार्टीले गरेको सहयोगबारे श्रेष्ठले आलोचना गरेका थिए ।
आजको बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल हुने कार्य सूची रहेको थियो । जसमा केन्द्रीय कमिटी, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन हुने कार्यक्रम रहेको थियो ।
















पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
South Korean ex-PM Han gets 23 years jail for martial law role
चुनावी अभियानलाई स्मार्ट बनाउन एआई-आधारित ‘माईअभियान’ सार्वजनिक, के-के छन् सुविधा ?
इरान–अमेरिका तनाव चर्कियो
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
प्रतिक्रिया