चार बुँदे सहमतिपछि सुर्खेत आन्दोलन स्थगित

सुर्खेत । प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएका युवक प्रकरणमा चर्किएको आन्दोलन स्थगित भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा ४ बुदे सहमतिपछि पीडित पक्षले आन्दोलन स्थगित गरेका हुन् ।
शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रकमा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय कृष्ण हमालको प्रहरी हिरासतमै मृत्यु भएको थियो ।
प्रहरीले कुटपिट गरेर हमालको मृत्यु भएको भन्दै बीरेन्द्रनगरमा आन्दोलन चर्किएको थियो ।
प्रहरीको कुटाइबाट हमालको मृत्यु भए नभएकोबारे बुझ्नका लागि छानबिन समिति बनाइएको छ । शनिबार बनाइएको छानबिन समितिमा आइतबार चिकित्सक सदस्यलाई पनि थप गरिएको छ ।
छानबिन समितिमा सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती, अनुसन्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद शर्मा सदस्य छन् । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. चन्द्रेश सिंहलाई समितिमा थप गरिएको छ ।
आइतबार भएको सहमतिअनुसार नै एक चिकित्सकलाई छानबिन समितिमा थप गरिएको हो । मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने पनि सहमति भएको छ ।
छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन म्यान्डेट दिइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
यसैबीच, हमालका बाबु हिराचन्द्रले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।
हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असइई धामीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
















युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु
दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’: चार परिवारलाई कीर्तिपुर पठाइयो
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
प्रतिक्रिया