प्रतिनिधिसभा पूरा समय चलाउनुपर्छः मन्त्री बडु

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेहि बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका हुन् ।
संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भिरतापूर्वक लिएको बताए ।
सर्वोच्च अदालतले पनि संसद पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गरे ।
मन्त्री बडुले अर्लि इलेक्शनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे ।
‘हाम्रो चाहाना संसद भित्र अत्यन्त जरुरी विधेयकहरु पारित हुनुपर्छ । र, त्यसको निमित्त प्रमुख प्रतिपक्ष पनि त्यो प्रक्रियामा सहभागी हुनुपर्छ ।’– मन्त्री बडुले भने ।
मन्त्री बडुले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गरे ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पु¥याउनका लागि भूमिका खेल्न सो समितिमा नाम दिएको बताए ।
स्थानीय तहको निर्वाचन सार्नको लागि अर्लि इलेक्शनको कुरा उठाइएको पनि उनको भनाइ छ ।
एमाले उपनेता नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले संविधान, कानून र अभ्यास बमोजिम अगाडि बढी महत्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताए ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया