बुधबार, माघ ७, २०८२

घरघरै पुगेर गर्भवतीलाई उपहार

मेरोन्यूज २०७८ फागुन २३ गते ९:४९

काठमाडौँ । अछामको साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई उपहार दिएकी छन् ।

१४ वडाका ३३८ जना गर्भवतीलाई कोसेली दिइएको हो । उनका अनुसार हरेक गर्भवतीलाई एक क्रेट अण्डा, एक थान कम्बल, दुई लिटर तेल, कोल्केट, ब्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएको हो ।

गर्भवतीका लागि पोष्टिक आहार लिएर घरमै आएकोमा खुसी लागेको साँफेबगर नगरपालिका ४ मष्टमाडौंकी सरिता भुलले बताइन् । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएको उनको भनाइ छ ।

प्रतिक्रिया