सोमबार, वैशाख २८, २०८३

माओवादीले तोक्यो प्रदेश इन्चार्ज (कुन प्रदेशमा को ? )

स्थानीय तह निर्वाचन लक्षित कमाण्डर तय

मेरोन्यूज २०७८ फागुन २३ गते १८:४९


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारी चयन गर्न नसकेपनि प्रदेशका इन्चार्जहरुको भने टुंग्गो लगाएको छ । पार्टीको २० फागुन देखि वसेको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरु तोकेको हो।

Advertisement
NiccNicc

आगामी निर्वाचन लक्षित गरेर माओवादीले प्रदेशका इन्चार्जहरु भने तोकेको हो ।
माओवादी केन्द्रका एक नेताले दिएको जानकारी अनुसार, जसअनुसार प्रदेश १ को इन्चार्ज राम कार्की, मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेल इन्चार्जको जिम्मेवारी पाएका छन् ।

त्यस्तै बैठकले स्थानीय तह निर्वाचन र त्यसपछिका निर्वाचनलाई पनि लक्षित गरेर विशेष कार्ययोजना पनि बनाएको छ । स्थानीय तहको चुनाव आउन अव मात्रै ६७ दिन वाँकी छ ।

प्रतिक्रिया