युक्रेनलाई थप सवा १० अर्ब अमेरिकी डलर सहयोग

काठमाडौँ । रुस–युक्रेनबीच युद्ध जारी रहँदा बेलायतले युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । डाउनिङ स्ट्रिटका अनुसार बेलायतले युक्रेनलाई सहयोग गर्ने भएको हो ।
‘आज घोषणा गरिएको थप सय मिलियन डलर कोषले २२ हजार सैनिकलाई प्रशिक्षण दिने, दुई हजार ट्यांक विरोधी क्षेप्यास्त्र आपूर्ति गर्ने, आर्थिक सुधार र ऊर्जा स्वतन्त्रताका लागि सय मिलियन उपलब्ध गराउनेलगायातका छन् । स्वतन्त्रता, र विपद् आपतकालीन समितिको अपिलमा २५ मिलियन म्याच कोषसहित १२० मिलियन मानवीय सहायता प्रदान गर्ने डाउनिङ स्ट्रिटले जनाएको छ ।
बेलायती सरकारका अनुसार नयाँ अनुदान सार्वजनिक क्षेत्र र समर्थन गर्न प्रयोग गर्न सकिने छ । उक्त सहयोग विश्व बैंकमार्फत उपलब्ध गराइने छ ।
यसैबीच, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आइतबार कंग्रेसले युक्रेनलाई मानवीय, सैन्य र आर्थिक सहयोगका लागि १० अर्ब अमेरिकी डलर दिने घोषणा गरेकी छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबासका जनतालाई जोगाउने बताउँदै आएका छन् । उनले युक्रेनको शासकबाट दुर्व्यवहार र नरसंहारको शिकार भएको बताउँदै उनीहरूलाई जोगाउन आक्रमण गरेको बताएका छन् ।
पश्चिमी देशले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् ।















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया