बुधबार, माघ ७, २०८२

युक्रेनलाई थप सवा १० अर्ब अमेरिकी डलर सहयोग

मेरोन्यूज २०७८ फागुन २३ गते १३:३६

काठमाडौँ । रुस–युक्रेनबीच युद्ध जारी रहँदा बेलायतले युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । डाउनिङ स्ट्रिटका अनुसार बेलायतले युक्रेनलाई सहयोग गर्ने भएको हो ।

‘आज घोषणा गरिएको थप सय मिलियन डलर कोषले २२ हजार सैनिकलाई प्रशिक्षण दिने, दुई हजार ट्यांक विरोधी क्षेप्यास्त्र आपूर्ति गर्ने, आर्थिक सुधार र ऊर्जा स्वतन्त्रताका लागि सय मिलियन उपलब्ध गराउनेलगायातका छन् । स्वतन्त्रता, र विपद् आपतकालीन समितिको अपिलमा २५ मिलियन म्याच कोषसहित १२० मिलियन मानवीय सहायता प्रदान गर्ने डाउनिङ स्ट्रिटले जनाएको छ ।

बेलायती सरकारका अनुसार नयाँ अनुदान सार्वजनिक क्षेत्र र समर्थन गर्न प्रयोग गर्न सकिने छ । उक्त सहयोग विश्व बैंकमार्फत उपलब्ध गराइने छ ।

यसैबीच, अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आइतबार कंग्रेसले युक्रेनलाई मानवीय, सैन्य र आर्थिक सहयोगका लागि १० अर्ब अमेरिकी डलर दिने घोषणा गरेकी छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबासका जनतालाई जोगाउने बताउँदै आएका छन् । उनले युक्रेनको शासकबाट दुर्व्यवहार र नरसंहारको शिकार भएको बताउँदै उनीहरूलाई जोगाउन आक्रमण गरेको बताएका छन् ।

पश्चिमी देशले मस्कोविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् ।

प्रतिक्रिया