आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा थप २ वटा सेवा शुभारम्भ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले सोमबारबाट थप दुई वटा सेवा आरम्भ गरेकोछ ।
कम्पनीले सोमवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी दुई वटा सेवा आरम्भ भएको घोषणा गरेको हो ।
कार्यक्रममा आईएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडल, कम्पनीका अध्यक्ष, संचालक समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
कम्पनीले आईजीआई हेल्थपल्स बीमालेख र आईजीआई इजी क्यासलेस सेवा सुरु गरेको जनाएको छ ।
आइजीआई हेल्थ प्लस बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधि उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।
इजी क्यासलेस सेवा भने काठमाडौं उपत्यकामा मात्रै लागू गरिएको छ । कम्पनीबाट आफनो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्गस्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमासहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।











सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
पूर्वगृहमन्त्री लेखकले आज जाँचबुझ आयोगमा बयान दिने
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित गरेकाे विदेशी मुद्राको विनिमयदर
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया