मोटरसाइकलले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु
काठमाडौँ । नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १० प ४७५७ नंको मोटरसाइकलले गए राति नेपालगञ्ज उपमहानगरपालिका २० राँझा चोकमा ‘ड्युटी’मा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरी जवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अस्थायी प्रहरी पोष्ट राँझा बिटमा कार्यरत शाहीको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।
उनका अनुसार बाँसगढी नगरपालिका ६ बर्दिया निवासी शाहीको उपचारको क्रममा गए राति मृत्यु भएको थियो । प्रहरी जवान चौधरी र मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ ।
मोटरसाइकल चालक गेरुवा गाउँपालिका बर्दिया निवासी २४ वर्षीय सन्तोष बम ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक शाहले बताए ।
















दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
प्रतिक्रिया