एनआरएनएमा एक पक्षीय तरिकाले निर्वाचन कार्यक्रम अगाडि बढाइयो

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)मा डेलिगेट्स विवाद समाधान नगरिकनै अध्यक्ष कुमार पन्तको दबाबमा निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ । संघको अन्तर्राष्ट्रिय समिति (आइसीसी)का लागि सोमबार र मंगलबार नोमिनेसन गर्ने मिति तोकिएको छ ।
उच्च स्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष पन्तले पठाएको ३६ सय बढी प्रतिनिधिको नाम प्रकाशित गरेर निर्वाचन समितिले निर्वाचन कार्यक्रम अगाडि बढाएको हो । उच्च स्तरीय समितिका संयोजक तथा संघका प्रमुख संरक्षक शेष घलेले निर्वाचन समितिलाई एक पत्र पठाउँदै दाबी विरोध गरेका थिए ।
उनले पन्तसमेत रहेको समितिले गरेको छानबिनको आधारमा झन्डै २६ सय प्रतिनिधि मात्रै मतदान गर्न योग्य रहेको निर्वाचन समितिलाई जानकारी गराएका थिए । तर, पन्तको ठाडो दबाबमा निर्वाचन समितिले घलेले पठाएको सूचीबारे सुनुवाइ नै गरेन ।
सेल्फी अनिवार्य गर्ने, विधानमै नभएको वैकल्पिक मतदाताले पनि भोट हाल्न पाउने जस्ता प्रावधान राखेर समितिले गराउन लागेको निर्वाचन संघभित्रको भ्रष्ट गिरोहलाई निर्वाचित गर्ने षड्यन्त्र मात्र भएको एनआरएन अभियन्ताहरूले जनाएका छन्। त्यही भ्रष्ट गिरोहको ‘डमी उम्मेदवार’ को रूपमा आफूलाई ‘डेमोक्र्याट’ दाबी गर्ने रविना थापाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएकी छिन्। तर एनसीसी अमेरिकाले अहिले सम्म केन्द्रलाई सदस्यता शुल्क नबुझाएकाले उनको उम्मेदवारी रद्द हुने बताइएको छ ।
यसैबीच संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदमा गत वर्ष नै उम्मेदवारी घोषणा गरेका कुल आचार्यले एक पक्षीय रुपमा नोमिनेसन गराएर निर्वाचन कार्यक्रम अगाडि बढाउनुको कुनै अर्थ नभएको बताएका छन् । ‘यस्तो कदमले संस्थालाई विभाजन तर्फ धकेल्ने निश्चित छ। हामी हदैसम्म लचक हुँदा पनि हाम्रो सदासयलाई कमजोरीको रुपमा हेर्ने गल्ती नगरियोस्,’ आचार्यले भने।
आइएलओ घोटाला, प्रतिनिधि सूचीमा एकलौटी गरेका कारण परराष्ट्र र अदालतसम्म पुगेको विवादका बीच कुमार पन्त नेतृत्वको कार्य समितिले एकलौटी चुनाव गराउन लागेको हो। तर आइतबार भेला भएका ७० प्रतिशत भन्दा बढी एनसीसी अध्यक्षहरुले नाम मात्रको एकपक्षीय चुनावले समस्याको समाधान नहुने भन्दै डेलिगेट्स विवाद समाधान गरेर मात्रै निर्वाचन गराउन आह्वान गरेका थिए।

















‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रोबोटले तोड्यो मानव कीर्तिमान
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया