अबको लडाईं सत्य र असत्यबीच हुने : केपी ओली (भिडियाेसहित)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीच हुने बताएका छन् । मंगलवार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्य र असत्यबीच राजनीति हुन लागेको बताएका हुन् ।
उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशी बीचको हुने बताए । उनले एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएको पनि बताए ।
‘आजको सत्य र असत्यको लडाईं समय समयमा हुन्छ, कहिले रावण र रामका बीचमा हुन्छ, कहिले पाण्डव र कौरवका बीचमा हुन्छ, कहिले कृष्ण र कंशका रुपमा हुन्छ,’ उनले भने, ‘अनेक रुपमा सत्य र असत्यका बीचमा लडाईं हुन्छ, आजको सत्य र असत्यको बीचको लडाईं परमादेशी र जनादेशीका बीचमा भएको लडाईं हो ।’
अध्यक्ष ओलीले राजनीतिक मैदानका सर्वश्रेष्ट सिद्धान्तबाट एमाले अघि बढ्ने बताए ।

















British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया