बिहीबार, माघ ८, २०८२

सिरहा कांग्रेस सभापतिमा रामचन्द्र यादव निर्वाचित

मेरोन्यूज २०७८ फागुन २४ गते २०:०९

जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको सभापतिमा रामचन्द्र यादव निर्वाचित भएका छन् । एक हजार ४२६ मत ल्याएर दोस्रो पटक उनी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर यादव पक्षका यादवले रामसुन्दर चौधरीलाई पराजित गरेका हुन् । चौधरीले ८८७ मत प्राप्त गरे । निर्वाचनमा दुई हजार ४ सय ७५ मत खसेकोमा १ सय ६० मत बदर भएको थियो ।

प्रतिक्रिया