सोमबार, वैशाख २८, २०८३

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

मेरोन्यूज २०७८ फागुन २५ गते ७:२८

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । एसको बैठक बिहान ११ बजे कार्की बेन्क्वेटबबरमहलमा बस्दैछ ।

Advertisement
NiccNicc

आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा आसन्न स्थानीय तहमा निर्वाचन, एमसीसीको व्याख्यात्मक घोषणालगायत विषयमा छलफल हुने बताइएको छ ।
पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ ।

प्रतिक्रिया