‘उत्तर कोरियाले फेरि आणविक परीक्षण साइट मर्मत गर्यो’

न्युयोर्क । उत्तर कोरियाले बन्द आणविक परीक्षण साइट मर्मत गर्न थालेको अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सर टेक्नोलोजिले सार्वजनिक गरेका तस्बिरहरूमा देखिन्छ । उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण आणविक परीक्षण बन्द गर्ने बताएपछि सन् २०१८ मा पुन्गी—री क्षेत्र बन्द भएको थियो भने त्यसका केही भाग नस्ट गरिएको थियो ।
उत्तर कोरियाले आणविक हतियार र लामो दूरीको मिसाइलहरूको परीक्षण पुनः सुरु गर्न सक्ने अमेरिकी विश्लेषकहरूले भविष्यवाणी गरिरहेका बेला नयाँ स्याटलाइट तस्विर सार्वजनिक भएका हुन । तर, विश्लेषकहरूले पुन्गे–री परीक्षणको लागि तयार हुन वर्षौं लाग्न सक्ने बताउँछन् ।
पछिल्ला केही दिनमा नयाँ भवनको निर्माण, विद्यमान भवनको पुनर्निमाण र काठ तथा आरोको धुलो जस्ता निर्माणका केही प्रारम्भिक संकेत स्याटलाईट तस्विरमा देखिएको जेम्स मार्टिन सेन्टर फर ननप्रोलिफरेसन स्टडिज ९सीएनएस० ले जनाएको छ । उत्तर कोरियाले परीक्षण साइटको अवस्थाबारे केही निर्णय गरेको त्यहाँ भएका कार्यहरुले संकेत गरेको विश्लेषकहरुले बताएका छन् ।
















वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया