शिक्षकसँगै पौडि खेल्न गएका विद्यार्थीको मृत्यु, आफन्त र स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ ।
विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे-बेसीसहर सडक अवरुद्ध गरेका छन् ।
स्थानीयको प्रदर्शनले डुम्रे-बेसीसहरको तनहुँ खण्ड र प्रशासनको निषेधाज्ञाले लमजुङ खण्डमा यातायात ठप्प छ । भानु नगरपालिका-९, बाइसजाँगरमा पीडितका आफन्त र स्थानीयले बाइसजाागर चोकमा टायर बालेर सडक अवरोध गरेको स्थानीय गोपाल अधिकारीले बताए । सडक अवरोधले बुधबार बिहानैदेखि यातायात ठप्प छ । डुम्रेबाट आएका सवारीसाधन बाइसजाँगरमा रोकिएका छन् ।
होस्टेलका विद्यार्थीलाई पौडी खेल्न लगेको, आफन्तलाई थाहै नदिई शव लगेको भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरूले विद्यालयका संस्थापक बाबुराम पौडेलसहित पौडी खेल्न सँगै गएका शिक्षक र विद्यार्थीमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन् । लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले होस्टेल वार्डेन सरोज ओलिया र एकजना विद्यार्थीलाई नियन्त्रणमा लिएको बताए ।
घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडित पक्षले विद्यालयको दुईवटा बस, एउटा भ्यान र स्कुलको गेटसमेत तोडफोड भएको प्रहरीले जनाएको छ । प्रदर्शनले उग्र रूप लिँदै गएपछि प्रहरीले मंगलबार साँझ अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर र लाठीचार्ज गरेको थियो ।














46 days to go for HoR elections: EC hopeful of compliance with code of conduct
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुँदै
एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया