युईएफए च्याम्पियन्स लिग : रियल मड्रिड र पीएसजी भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेशका लागि दोस्रो लेगमा आज (बुधबार) राति दुई महारथी क्लब रियल मड्रिड र पेरिस सेन्ड जर्मेन (पीएसजी)बीच प्रतिस्पर्धा हुँदै छ ।
स्पेनिस लिग लिडर रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरु हुनेछ । यसअघि १६ फेब्रुअरीमा भएको पहिलो लेगमा फ्रेन्च लिग लिडर पीएसजीले घरेलु मैदानमा १(० को अग्रता बनाएको थियो ।
स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टी चुकाएको खेलको अन्तिम समयमा केलियन एम्बाप्पेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
क्वाटरफाइनल प्रवेशका लागि पीएसजीलाई बराबरी काफी छ भने रियललाई कम्तिमा २-० को जित हात पार्नुपर्नेछ । यदि खेल बराबरीमा समाप्त भए पीएसजी अन्तिम आठमा स्थान बनाउनेछ ।
यसैले घरेलु मैदानमा रियल पूर्ण रुपमा दबाबमा हुनेछ । पीएसजीविरुद्ध रियलका कासेमिरो र टोली क्रुस दुबै उपलब्ध हुने छैनन् । कासेमेरो निलम्बनमा परेका छन् भने क्रुस ह्यामस्ट्रिङको समस्याबाट गुज्रिएका छन् । इडुआर्डो कामाभिङ्गा र फेडेरिको भाल्भर्डे भने उपलब्ध हुनेछन् ।
कार्लो एन्सेलोटीको टिममा करिम बेन्जेमा, भिनिसिअस जुनियर, मार्को एसेन्सियो, लुका मोड्रिक लगायत खेलाडी उपलब्ध हुनेछन् ।
यता, माउरिसियो पोचेटिन्होको टोलीमा चोटका बाबजुद पनि केलियन एम्बाप्पे मैदान उत्रँदै छन् । अभ्यास क्रममा खुट्टाको चोट बोकेका एम्बाप्पे खेल्दा रियलका पूर्व कप्तान सर्जियो रामोस भने उपलब्ध हुने छैनन् । पहिलो लिगमा समेत रियलविरुद्ध खेल्न नपाएका रामोस् दोस्रो लेगमा समेत टिम बाहिर छन् ।
रियलविरुद्ध पीएसजीको अग्रपंक्ति नेयमार, लियोनल मेस्सी र एम्बाप्पेले नै सम्हाल्ने सम्भावना उच्च छ । यस्तै उनीहरूलाई मार्को भेराट्टी, इड्रिशा गुयेले सहायता गर्नेछन् ।
आज राति एकै समयमा हुने अर्को खेलमा म्यानचेष्टर सिटी र स्पोर्टिङ सीपीबीच प्रतिस्पर्धा हुनेछ । इंग्लिस प्रिमियर लिग लिडर सिटीले पोर्चुगिज क्लबविरुद्ध पहिलो लेगमै ५-० को अग्रता बनाएको छ । दोस्रो लेगमा समेत सिटी घरेलु मैदानमा सहज जितको खोजीमा हुनेछ ।
















पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया