सोमबार, पुष १४, २०८२

बाँकेको गाभर भ्यालीमा जीन बैंक स्थापना

मेरोन्यूज २०७८ फागुन २५ गते १९:०३

बाँके । बाँकेको गाभर भ्यालीमा नेपालकै पहिलो सामुदायिक जीन बैंक स्थापना गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ति क्षेत्रस्थित गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जीन बैंकको स्थापना गरिएको हो । गाभर भ्यालीमा जिन बैंक स्थापना गर्नुअघि सोही ठाउमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।

वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डाक्टर बालकृष्ण जोशीले सामुदायिक जीन बैंकको उद्घाटन गरेका हुन् ।

जीन बैंकले कृषि आनुबांशिकका घाँस, बाली, पशुपंक्षी, जलिय, सुक्ष्म जिवाणु र किरा गरेर ६ वटा क्षेत्रलाई समेट्छ ।

सामुदायिक जीन बैंक स्थापनापछि राम्रो नेटवर्क बनेको वरिष्ठ वैज्ञानिक तथा राष्ट्रिय कृषि आनुबंशिक स्रोत केन्द्र जीन बैंक (नार्क) का प्रमुख डाक्टर जोशीले बताए ।

स्वदेशी उत्पादनको बजारीकरण गरिनु पर्ने र विदेशी वस्तुको आयातमा न्युनीकरण गरिनु पर्नेमा उनले जोड दिए ।
लोप हुँदै गएका मौलिक चिजवस्तु, वन्यजन्तु, वनस्पति जोगाउनु एकदमै अपरिहार्य भएको रैथाने एग्रि प्रोडक्ट प्रालीका अध्यक्ष तिलक ढकालले बताए ।

संरक्षणविद् ढकालले भने ‘पर्यटन फस्टाउन सके मात्र जनताको आर्थिक स्तरोन्नति गर्न सकिन्छ ।’ आर्थिक अवस्था कमजोर भएमा मानिसको जीवनस्तर नसुध्रिने र वातावरणको संरक्षण गर्न कठिनाई नहुनेमा उनले जोड दिए ।

यस्तै, उद्घाटन कार्यक्रममा बोल्दै गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण चौधरीले नेपालमै पहिलो सामुदायिक जीन बैंकको उद्घाटन हुनु आफैमा सुखद विषय रहेको बताए । नेपालका बिभिन्न ग्रामिण क्षेत्रमा जीन बैंक सुरु गर्ने चौधरीले बताए ।

यस्तै, अध्यक्ष पुर्मल बस्नेतले जीन बैंकले रैथाने प्रजातीका किट् मात्र नभएर अन्य जीव जन्तु, वनस्पति संरक्षण गर्ने र उनीहरु सहज रुपमा बाँच्न वातावरण सिर्जना गर्ने बताए ।

अरु होमस्टे, गाउ, कार्यालय र समुमदायमा पनि जीन बैंक स्थापना गर्न लागि पर्ने उनले बताए ।

उद्घाटन समारोहमा सामुदायिक जीन बैंक संरक्षण सञ्जालले सरकार र सरोकारवालाको ध्यानाकषर्णका लागि ६ बुँदे घोषणापत्र जारी गरेको छ ।

प्रतिक्रिया