आइतबार, चैत २९, २०८२

युक्रेनमा जैविक हतियार गतिविधिको रुसको दाबी अमेरिकाद्वारा अस्वीकार

मेरोन्यूज २०७८ फागुन २६ गते १२:५९

युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ। सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ। रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले बुधबार युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक रोगजनक जीवाणुहरू फैलाएको बताएका थिए। “क्रेमलिनले जानाजानी संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनमा रासायनिक र जैविक हतियारका गतिविधिहरू सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झूट फैलाइरहेको छ। त्यसैगरी चीनका अधिकारीहरूले पनि यी षड्यन्त्र सिद्धान्तहरू प्रतिध्वनित गरेको ” ,अमेरिकी विदेश मन्त्रालयले बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले “यो रूसी विकृति पूर्णतया बकवास हो र रसियाले अर्को देश विरुद्ध यस्तो झूटा दावी आविष्कार गरेको पहिलो पटक होइन र यस्ता दावीहरू धेरै पटक खारेज गरिएका छन्।” भनेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया