अस्पतालमा भएको बम हमलामा प्रसूति वार्ड र बाल वार्ड ध्वस्त, सर्वत्र निन्दा
मेरोन्यूज
२०७८ फागुन २६ गते १५:१६

किभ,
युक्रेनको दक्षिणी सहर मारिओपोल शहरमा भएको रुसी हवाई हमलामा एउटा प्रसूति वार्ड र बाल वार्ड ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सो हमलालाई ‘युद्ध अपराध’ भनेका छन् । रुसी फौजको हमलाबाट सर्वसाधारणलाई जोगाउन मानव निकासका लागि विभिन्न ६ ओटा स्थानमा निकासमार्ग खोज्ने प्रयास भइरहेको जेलेन्स्कीले बताएका छन् ।
हमलापछि अस्पताल पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ । ‘विनाश ठूलो छ,’ मारिओपोल सहर परिषदले भनेको छ । राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले अस्पतालमा भएको बम आक्रमणको निन्दा गर्दै त्यसलाई ‘भयानक’ बताएका छन् ।
सुमी सहरमा अस्थायी युद्धविराम घोषणा गरेको रुसी फौजले मारिओपोलमा निशाना बनाएको थियो । यसैबीच, शान्ति वार्ताका लागि युक्रेन र रुसी विदेशमन्त्री टर्की पुगेका छन् ।
सम्बन्धित
















आज केही स्थानमा वर्षा र हिमपात हुने
कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
प्रतिक्रिया