संस्कृत विश्व विद्यालय नवीन शैलीका साथ अघि बढ्नु पर्छ : मन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनु पर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७४ औँ सभालाई सम्बोधन गर्दै उनले विकशित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने बताएका हुन् ।
‘शिक्षा क्षेत्रलाई कोरोना भाइरसले महत्वपूर्ण पाठ सिकाएको छ,’ मन्त्री पौडेलले भने, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनसंरचित गर्नुका साथै अध्ययन अध्यापनका नवीन विकल्प खोज्दै जानु पर्ने आवश्यकताबोध भएको छ ।’
मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवम् मानसिक स्वास्थ्यसँग सम्बन्धित लुप्त हुन लागेका अनेकौं खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनु पर्ने बताए । ०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै मन्त्रालय सकारात्मक रहेको बताए ।
शिक्षा जति गुणस्तरीय, प्रयोगमुखी, वैज्ञानिक र उन्नत हुन्छ, देशको स्तर र समाजको चिन्तन पनि त्यत्तिकै उच्च हुन्छ,’ मन्त्री पौडेलले भने, ‘शिक्षाले व्यक्तिको विकास गरी क्षमतायुक्त, प्रतिस्पर्धी, स्वावलम्बी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ ।’
















उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
रास्वपाले आशिका तामाङलाई दियो टिकट
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्रतिक्रिया