जबर्जस्ती करणीका आरोपित ८ वर्षपछि कारागार चलान
मेरोन्यूज
२०७८ फागुन २६ गते २०:०८

सप्तरी । जबरजस्ती करणीको आरोपमा फरार रहेका आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका कमलपुर ९ बस्ने ५३ वर्षीय जगदीश यादव रहेका छन् । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएका टोलीले यादवलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
तत्कालीन पुनरावेदन अदालत राजविराजले उनीविरुद्ध २०७१ साल वैशाख २९ गते ६ वर्ष कैद सजायको फैसला गरेको थियो । ८ वर्षदेखि फरार रहेका यादवलाई खोज तलासको क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागी कारागार चलान गरेको ।
सम्बन्धित
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया