आयात बढ्दा अर्थतन्त्रमा समस्या : अर्थमन्त्री शर्मा

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले आयात बढ्दा अर्थतन्त्र नै खतरामा परेको बताएका छन् । हरेक कुरामा परनिर्भरता बढ्दा अर्थतन्त्र नै सकसमा रहेको उनको भनाई छ ।
लेखनाथ महोत्सवलाई उद्घाटन गर्दै शर्माले भने, ‘जे कुरा पनि आयात गरिएको छ, खाद्यान्नदेखि विलासिताका वस्तुको आयातबाट मुलुकको ठूलो आर्थिक हिस्सा खर्चनु परेको छ, यसले विदेशी मुद्राको सञ्चिती घटेको छ ।’
अर्थतन्त्र सुदृढ बनाउन कृषि, पर्यटन र ऊर्जाको क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । निजी क्षेत्रले कृषि उत्पादनमा लगानी गर्न उनको सुझाव छ । उनले आयातलाई प्रतिस्र्थापन गर्न कृषिमा आत्मनिर्भर हुनु पर्ने तथा पर्यटनको विकास र ऊर्जाको खपत बढाउनु पर्नेमा जोड दिए ।
मन्त्री शर्माले पोखरादेखि काठमाडौंसम्मको यात्रालाई दुई घण्टामा व्यवस्थापन गर्ने गरी योजना बनाएको बताए । ‘पोखरा–काठमाडौं यात्रा २ घण्टाभन्दा बढी हुनु हुँदैन । यसपछि मात्रै यहाँको विकास तीव्र हुन्छ,’ शर्मा भन्छन्, ‘अहिलेको सडक विस्तार योजनामा भएका त्रुटिलाई सुधार गरेर व्यवस्थित बनाउनुपर्छ ।’ अहिले पोखरा–मुग्लिन सडक स्तरोन्नतीको काम सुरु भएको छ ।
मन्त्री शर्माले कोभिड र रुस–युक्रेनको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रसमेत प्रभाव परेको बताए । यस्तै, पुँजीगत खर्च बढाउन अन्तर मन्त्रालयबिच समन्वयको अभाव देखिएकाले त्यसमा सुधारको प्रयास गरिएको उनको भनाई छ ।
आजदेखि सुरु भएको महोत्सव चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न वस्तु तथा सेवाका तीन सयभन्दा बढी स्टल राखिएका छन् ।
















HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया