आयात बढ्दा अर्थतन्त्रमा समस्या : अर्थमन्त्री शर्मा

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले आयात बढ्दा अर्थतन्त्र नै खतरामा परेको बताएका छन् । हरेक कुरामा परनिर्भरता बढ्दा अर्थतन्त्र नै सकसमा रहेको उनको भनाई छ ।
लेखनाथ महोत्सवलाई उद्घाटन गर्दै शर्माले भने, ‘जे कुरा पनि आयात गरिएको छ, खाद्यान्नदेखि विलासिताका वस्तुको आयातबाट मुलुकको ठूलो आर्थिक हिस्सा खर्चनु परेको छ, यसले विदेशी मुद्राको सञ्चिती घटेको छ ।’
अर्थतन्त्र सुदृढ बनाउन कृषि, पर्यटन र ऊर्जाको क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । निजी क्षेत्रले कृषि उत्पादनमा लगानी गर्न उनको सुझाव छ । उनले आयातलाई प्रतिस्र्थापन गर्न कृषिमा आत्मनिर्भर हुनु पर्ने तथा पर्यटनको विकास र ऊर्जाको खपत बढाउनु पर्नेमा जोड दिए ।
मन्त्री शर्माले पोखरादेखि काठमाडौंसम्मको यात्रालाई दुई घण्टामा व्यवस्थापन गर्ने गरी योजना बनाएको बताए । ‘पोखरा–काठमाडौं यात्रा २ घण्टाभन्दा बढी हुनु हुँदैन । यसपछि मात्रै यहाँको विकास तीव्र हुन्छ,’ शर्मा भन्छन्, ‘अहिलेको सडक विस्तार योजनामा भएका त्रुटिलाई सुधार गरेर व्यवस्थित बनाउनुपर्छ ।’ अहिले पोखरा–मुग्लिन सडक स्तरोन्नतीको काम सुरु भएको छ ।
मन्त्री शर्माले कोभिड र रुस–युक्रेनको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रसमेत प्रभाव परेको बताए । यस्तै, पुँजीगत खर्च बढाउन अन्तर मन्त्रालयबिच समन्वयको अभाव देखिएकाले त्यसमा सुधारको प्रयास गरिएको उनको भनाई छ ।
आजदेखि सुरु भएको महोत्सव चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न वस्तु तथा सेवाका तीन सयभन्दा बढी स्टल राखिएका छन् ।
















रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया