ओलीको पुरानै दाबीः राम नेपालमै जन्मिएका हुन्
भन्छन्– अहिलेको युगमा राम राज्यको व्याख्या गरेर स्वभाविक हुँदैन

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी दोहो¥याएका छन् ।
पोखरामा प्रेस चौतारीको महाधिवेसनलाई सम्बोधन गर्दै उनले भने, रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उनले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनको नाम नेगीबाट दशरथ बन्यो ।
उनले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वभाविक नहुने बताए । ’सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,झ उनले भने, ’राम राज्य कस्तो थियो ? कसैलाई थाहा छैन ।
सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन उनले आग्रह गरे ।
रावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्ष्मणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,झ ओली भन्छन्, कपडा बनिसकेको थिएन । अरु सबै होहल्ला हुन् । तर, आज हामी विकासको शिखरमा छौं । पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं ।
















देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा. वाग्लेलाई
प्रधानमन्त्री बालेनको पुर्ख्यौली गाउँमा उत्सव
यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद्
चितवनमा‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै
सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
प्रतिक्रिया