धानबाट भएको क्षतिपूर्तिको माग राख्दै किसान सडकमा

काठमाडौं । डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघ विरोध प्रदर्शन गरेको छ ।
शुक्रवार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरुले पुनः आन्दोलन सुरु गरेका हुन् ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने बताए ।
उनले पीडित किसानलाई शतप्रतिशत क्षतिपूर्तिसहित राहतको कार्यक्रम घोषणा गर्नुपर्ने माग राखे । अध्यक्ष दङगोलले अहिले सरकारका किसानको लागि मल ल्याउने निकाय विगत लामो समय देखि निक्मा भएर बसेको बताए । किसानहरुले मल अभावको समस्या नियति नभएर सरकार निक्माको परकाष्ठ भएको दाबी गरे ।
महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पिडित क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन् । समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित किसानले गुनासो गरेका छन् ।
तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरुमा ताला लगाउने चेतावनी किसानहरुले दिएका छन् ।

















अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना
प्रतिक्रिया