पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

काठमाडौं । जबरजस्ती करणीको अभियोगमा प्रहरी हिरासतमा राखिएका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीलाई प्रहरीले जनाएको छ ।
जोशीलाई तनहँुबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जोशीले पल शाह प्रकरणमा आर्थिक प्रलोभनमा आफू पनि जोडिएको भनी युट्युबरहरुलाई अन्तर्वार्ता नै दिएका थिए ।
शाहसँग केही दिनदेखि लिइएको बयानपछि सो प्रकरणमा जोडिएको कारण जोशीलाई तनहुँ प्रहरीले पक्राउ गरेको हो । शाह करणी अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।
शाह विरुद्ध नवलपुरमा पनि करणी मुद्धा परेकाले दुई दिनअघि इलाका प्रहरी कार्यालय गैंडाकोट पुर्याइएको थियो । नवलपुर प्रहरीले शाहलाई जिल्ला अदालत नवलपुर पुर्याएको थियो ।
नाबालिकामाथि करणी गरिएको भन्दै फागुन ११ गते तनहुँ प्रहरी कार्यालयमा किटानी जाहेरी परेको थियो ।
नाबालिकामाथि करणी अभियोगमा किटानी जाहेरीपछि प्रहरीले खोजी तिब्र पारेपछि शाह आफै तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।
















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया