ताजा जनादेशको विकल्प छैनः कमल थापा
मेरोन्यूज
२०७८ फागुन २७ गते २०:०८

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशलाई संंकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् ।
उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनैतिक दलहरुको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाए ।
उनले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा फसेको बताउँदै सरकार प्रभावहीन बनेको बताए ।
अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय निर्वाचन नभइ संसदीय निर्वाचन भएको बताए ।
आगामी निर्वाचनबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने उनको दाबी छ ।
सम्बन्धित
















टर्किस एयरको जहाजमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
आजदेखि सुरु हुँदै बजेट अधिवेशन
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
प्रतिक्रिया