ताजा जनादेशको विकल्प छैनः कमल थापा
मेरोन्यूज
२०७८ फागुन २७ गते २०:०८

राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशलाई संंकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका हुन् ।
उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनैतिक दलहरुको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाए ।
उनले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा फसेको बताउँदै सरकार प्रभावहीन बनेको बताए ।
अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय निर्वाचन नभइ संसदीय निर्वाचन भएको बताए ।
आगामी निर्वाचनबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने उनको दाबी छ ।
सम्बन्धित
















पाकिस्तान मल आगलागीमा मृत्यु हुनेकाे संख्या ५५ नाघ्याे, केही अझै बेपत्ता
चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु
उम्मेदवारमाथिको उजुरी जाँच गर्दै आयोग, आजै नामावली प्रकाशन गरिने
4 killed, 8 injured in road accident in Pakistan’s Punjab
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
प्रतिक्रिया