नवौं राष्ट्रिय खेलकुदको पूर्वतयारीमा लागे गण्डकीका मुख्यमन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदको पूर्व तयारीमा लागेका छन् ।
राष्ट्रिय खेलकूदको तयारीका क्रममा उनले संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई भेट गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल र संघीय सरकारका खेलकूदमन्त्रीबीच पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल भएको मन्त्री गहतराजको सचिवालयले जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने तयारी भइरहेको जानकारी गराउँदै मन्त्री गहतराजले आवश्यक तयारीकालागि समन्वय गर्न मुख्यमन्त्री पोखरेलसँग आग्रह गरे ।
स्थानीय निर्वाचनका कारण आगामी जेठ महिनाको पहिलो साता मात्रै प्रतियोगिता संचालन गर्न सकिने अवस्था रहेको बताउँदै मन्त्री गहतराजले सोही डेटलाइनमै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी थाल्न आग्रह गरे ।
स्थानीयस्तरबाटै खेलाडीहरु छनौट भएर राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएकाले तत्काल स्थानीय तथा प्रदेशस्तरका खेल गतिविधि समेत सञ्चालन गर्नुपर्ने मन्त्री गहतराजको भनाइ छ ।
सो क्रममा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगिता संचालन गर्न पाउनु गौरवको कुरा भएको उल्लेख गरे ।
केन्द्र सरकारले दिएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले औपचारीक रुपमै तयारी सुरु गर्ने बताए ।
उक्त छलफलमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापा लगायतको सहभागीता थियो ।









पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु
पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया