एनआरएनए चुनाव
एनआरएनएको अध्यक्षमा रबिना र बद्रीको भिडन्त
अध्यक्षका दाबेदार कुल आचार्य ‘रिङ आउट’

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ ।
अध्यक्ष पदमा अमेरिकाबाट रबिना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन् । थापा र केसी दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।
संघको निर्वाचन समितिका अनुसार शुक्रबार बेलुका ५ बजेबाट मनोनय दर्ता सकिएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन २१ र २२ मार्चमा अनलाइन प्रक्रियाबाट हुँदैछ ।
अमेरिकामा व्यवसाय गर्दै लामो समय एनआरएनएको अभियानमा सक्रिय थापा संघमा महिला नेतृत्वलाई स्थापित गर्ने अभियानमा छिन् ।
थापा जमुना घलेपछि एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने दोस्रो महिला बनेकी छिन् । विशेषतः महिला र युवाको पक्षमा आवाज बुलन्द पार्दै आएकी थापा पहिले जापानमा अन्य सामाजिक संघसंस्थामा समेत सक्रिय थिइन् ।
नेपालमा हाइड्रोलगायत विभिन्न व्यवसायमा सक्रिय उनी अन्तर्राष्ट्रिय मानवअधिकार जस्ता संघसंस्थामा लामो अनुभव बोकेकी नेतृ पनि हुन् ।
एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित भएपछि उनले संघको युवा तथा महिला विभागको संयोजक भएर काम गरेकी थिइन् ।
थापाको कार्यकालमा एनआरएनएमा महिला सहभागिता समेत बढेको थियो । एनआरएनएको दुई दशक लामो इतिहासमा अब महिलाले नेतृत्वदायी भूमिका लिने बेला आइसकेको भन्दै उनले यसका लागि आफू योग्य उम्मेदवार भएको दाबी गरिन् । थापालाई ‘डेमोक्रयाट’ खेमाको समर्थन छ।
अर्का प्रत्यासी केसी डा. केसी विगत ३१ वर्षदेखि रसियामा बस्दै आएका छन् । केसी संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याकारी विभागका प्रमुख समेत हुन् । स्थापनाकालदेखि सक्रिय डा. केसीले संघको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताए।
डा. केसीले आफू नेतृत्वमा निर्वाचित भएको खण्डमा संघले हालसम्म प्राप्त गरेको उपलब्धीलाई थप उचाईमा पु¥याउने दावी गरे। आफू दलीय भागबण्डाभन्दा पनि संस्थाको हितमा विश्वास राख्ने अभियन्ता भएको केसीको दावी छ । सबैको साझा उम्मेदवार भनेर चिनिए पनि डा. केसी वामपन्थी निकट मानिन्छन् ।
यता, अध्यक्षका अर्का दाबेदार कुल आचार्य भने चुनावी मैदानमा सहभागी भएनन् । प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै आचार्यसहित निकटका केही उम्मेदवारले मनोनयन नै दर्ता गराएनन् ।
आचार्य अघिल्लो निर्वाचनमा अध्यक्ष पदमै कुमार पन्तसँग पराजित भएका थिए । दोस्रो पटक नेतृत्वमा आउने चाहना राखेर तयारीमा जुटेका आचार्य अन्तिममा चुनावी प्रक्रियाबाट बाहिरिएका हुन् । आचार्य एनआरएनएको विवादका कारण चुनावी प्रक्रियामा सहभागी नभएका हुन् ।
यो पनि पढ्नुस् ः










छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने ८ जना पक्राउ
गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया