आइतबार, चैत २९, २०८२

‘युक्रेनमा नेटो र रुसको द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध हो’

मेरोन्यूज २०७८ फागुन २८ गते ७:१२

काठमाडौँ । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्ने छैनौँ, नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध हो, यसलाई हामीले रोक्ने प्रयास गर्नु पर्छ,’ बाइडेनले भने ।

यसअघि रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रुसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि रसायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनु पर्ने उनले चेतावनी दिए ।

यसैबीच, रुसी सेनाले युक्रेनका तीन ओटा मुख्य सहरमा हमला गरेको छ । यसअघि युक्रेन संकटबारे रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको वार्ता निस्कर्षविहीन भएको थियो ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाबीच टर्कीमा भएको वार्ता बिनानिस्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया