बिहीबार, माघ ८, २०८२

गृह जिल्ला जाँदै गृहमन्त्री खाँण

मेरोन्यूज २०७८ फागुन २८ गते ७:३२

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण आज शनिबार रुपन्देही जाने भएका छन् । उनी शनिबार बिहान गृहजिल्ला रुपन्देही जाने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ ।

गृह जिल्ला रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृहमन्त्री खाँण सवा सात बजे बुद्ध एयरबाट भैरहवा जाने कार्यक्रम तय भएको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार उनी बिहान १० बजे भैरहवामा आयोजना हुने रुपन्देही युवा समूहको हिरोज अफ पब्लिक अवार्ड वितरण कार्यक्रममा सहभागी हुने छन् । त्यस्तै, उनले दिउँसो एक बजे लुम्बिनी सांस्कृतिक नगरपालिका ६ निर्माण हुन लागेको १५ शैय्याको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

साथै त्यो कार्यक्रम पश्चात रोहिणी गाउँपालिका ३ धकधइ चोकमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ ले आयोजना गरेको बृहत् कार्यकर्ता भेटघाट, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा खाँण सहभागी हुने छन् ।

प्रतिक्रिया