मनाङमा कांग्रेसको चुनावी अभियान सुरु
काठमाडौँ । नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रीत कार्यक्रम सुरु गरेको छ । पार्टीको जिल्ला कार्य समितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि सुरु भएको हो ।
अभियानको केन्द्रीय सदस्य गणेश लामाले शुभारम्भ गर्दै पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनु पर्ने बताए । केन्द्रीय सदस्य लामा भने, ‘पार्टीभित्र भएका मतभेद बिर्सौ, एकताबद्ध भएर हामी अगाडि बढ्नु पर्छ, हिमाली जिल्ला मनाङबाट कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्छ ।’
पार्टीका जिल्ला सभापति शंकर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुनु पर्नेमा जोड दिए । उन भने, ‘स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा उत्साह छ, सुशासन प्रवद्र्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।’
कार्यक्रममा कांग्रेस नेता टेकबहादुर गुरुङ, पाल्टेन गुरुङ, कोमलबहादुर घले तथा कर्मा गुरुङले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्नु पर्नेमा जोड दिए ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया